Aamsanchar

एक नेपालीको भागमा वर्षमा ६४ लिटर दूध, ११ केजी मासु र ३२ वटा अण्डा

Author Image
शनिवार, जेठ १५, २०७३

काठमाण्डौं । 

images

कृषिप्रधान मुलुक नेपालमा प्रत्येक नागरिकले एक वर्षमा स्वस्थ मानिसका लागि चाहिने भन्दा धेरै कम दूध, मासु र कुखुराको अण्डा उपलब्ध हुने तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।

 

अर्थमन्त्री विष्णु पौडेलले  व्यवस्थापिका–संसदमा पेश गरेको आर्थिक वर्ष २०७२/०७३ को मन्त्रालयगत प्रगति विवरणमा नेपालमा हरेक व्यक्तिको भागमा एक वर्षमा ६४ लिटर दूध, ११ किलोग्राम मासु र ३२ वटा अण्डा पर्ने उल्लेख छ ।

 

तथ्यांकअनुसार दूध सातामा एकव्यक्तिले सरदर सवा लिटर खान पाउँछ । मासु महिनामा एक किलोग्राम पनि खान पुग्दैन भने अण्डा मासिक दुईवटा र आधा भाग पर्छ । दूध, मासु र अण्डाको अनुपात स्वस्थ मानिसका लागि आवश्यकभन्दा निकै कम हो । नेपालमा हाल दूध प्रतिवर्ष १७ हजार ३४ मेट्रिकटन, मासु ३०३ हजार मेट्रिक टन र अण्डा ९० करोड वटा उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ ।

 

विकसित मुलुकहरुमा न्यूनतम पशुजन्य पदार्थको उपयोग प्रतिव्यक्ति प्रतिवर्ष दूध ९१ लिटर, मासु १४ किलोग्राम र अण्डा ८४ वटा आवश्यक पर्छ । विकसित मुलुकहरुको मापदण्डमा पुग्न नेपालले दूध उत्पादनमा ३५, मासु उत्पादनमा २५ र अण्डा उत्पादनमा ४५ प्रतिशत वृद्धि गर्नुपर्ने सर्वेक्षणले औंल्याएको छ ।

 

पशु/पंक्षी विकास मन्त्रालयले आगामी सन् २०२० भित्रमा पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न मागअनुसार उत्पादन बढाउने योजना बनाएको छ । पशुजन्य पदार्थको उपलब्धतामा आत्मनिर्भर बन्न पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर उन्नत नश्ल, पशु आहार, पशु स्वास्थ्य र व्यसायीकरणका क्षेत्रमा थप अनुसन्धान र विकास गर्ने लक्ष्य सरकारको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)