Aamsanchar

चिया कारखाना र बगानबाट हटाइएपछि मजदुरको बिचल्ली

Author Image
आइतवार, जेठ १६, २०७३

इलाम ।indext

इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने कानुनी प्रावधानको बेवास्ता गर्दै टी स्टेटले यहाँका १० जना मजदुरलाई हटाएको हो । गत असोज महिनाबाट काम गर्न नदिई मजदुर निकालेपछि पुनःबहालीको मागसहित उनीहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

हरियोपत्ती टिप्ने मौसम सुरु भएपछि स्टेटले कामबाट हटाएको जानकारी दिएपछि छक्क परियो, जानुका राई भन्नुहुन्छ – “बगानमा काम गरेर गुजारा चलाउँदै आए पनि कारखानाबाटै निकालिएपछि समस्यामा परेका छौँ ।” स्थापनाकालदेखि नै कार्यरत रहे पनि बिनाकारण हटाइएको उहाँले दुःखेसो गर्नुभयो ।

उनीहरूलाई हटाइएपछि चिया बगानमा अरू मजदुर राख्ने भन्दै व्यवस्थापन पक्षले उनीहरूलाई कारखानाको घर खाली गर्न दबाब दिने गरेको राजबहादुर राई बताउनुभयो ।

विसं २०४९ बाट चियाखेती सुरु गरिएको यस क्षेत्रमा उनीहरू बगानमा स्थापनाकालदेखि नै कार्यरत थिए ।

बगानमा काम नभएकाले मजदुर निकालिएको प्रबन्धक होमनाथ कोइराला बताउनुभयो ।

गोठ सुधारका लागि रु तेह्र लाख अनुदान

जिल्ला कृषि विकास कार्यालयले गोठ सुधारका लागि यहाँका किसानलाई चालु आर्थिक वर्ष २०७२÷०७३ मा रु १३ लाख अनुदान वितरण गरेको छ ।

कार्यालयले विभिन्न गाविसमा रहेका सहकारी संस्थामा आबद्ध किसानलाई २५० वटा गोठ सुधारका लागि अनुदान वितरण गरेको हो ।

गाईभैँसीको मल र मूत्रलाई व्यवस्थित गरेर अग्र्यानिक उत्पादनलाई बढवा दिँदै रसायनिक मललाई निरुत्साहित गर्ने उद्देश्यले प्रतिगोठ रु पाँच हजार २०० का दरले अनुदान दिइएको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो ।

कार्यालयको ५० प्रतिशत र सम्बन्धित कृषक समूहमा आबद्ध किसानको ५० प्रतिशत अनुदानमा गोठमा मल र मूत्र हाल्ने ट्याङ्की र ओत निर्माण गर्नुपर्ने कृषि विकास कार्यालयले जनाएको छ

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर