सिरहा ।
सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् ।
भारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही ठाउँका ६० वर्षीय असरफ अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन गम्भीर घाइते भएकी छन् ।
गम्भीर घाइते राहिल्याको उपचार गोलबजारस्थित भुमिजा अस्पतालमा भइरहेको छ । मृतक खातुन र अलीको गोलबजारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो ।
मृतक खातुन र अलीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67