Aamsanchar

खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते

Author Image
मङ्गलवार, जेठ १८, २०७३

दोलखा –

67

दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ ।

 

दाहालको बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गरी फरार रहेका अमरबहादुर तामाङ लामालाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

घटनाको कारण भने आउन बाँकी नै रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । घाइते श्रीमतीको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको बताइएको छ । केशव दाहालको गर्धनमा खुकरी प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर