Aamsanchar

यौन दुव्र्यवहारमा पक्राउ परेका यसरी छुटे

Author Image
बुधवार, जेठ १९, २०७३

B8D21B FV3027, Malek Chamoun; Male Hand Trying to feel Woman's Thigh

खोटाङ।

होटलमा काम गर्ने महिला कामदार र उनकी नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालकसहित तीनजना धरौटीमा छुटेका छन् ।

दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी दोर्पा चिउरीडाँडाकी महिला कामदार र उनकी ३ वर्षीया नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दीपनारायण रिजालका छोरा कविराज रिजाल र कामदार तिलक कार्की धरौटीमा छुटेका हुन् ।

महिला तथा उनकी छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा वैशाख २८ गते पक्राउ परेका सञ्चालक हरिप्रसाद १० हजार, कविराज १५ हजार र तिलक पाँच हजार धरौटी बुझाएर सोमबार छुटेको प्रहरीले जनाएको छ । कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा प्रहरीले दोषीउपर कारबाही प्रक्रिया अघि बढाएको हो ।

‘दोषीका विरुद्ध जाहेरी नपरेको’ भन्दै कारबाही गर्नबाट प्रहरी पन्छिरहेको अवस्थामा आयोगले जाँच केस फारमलाई फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) मानेर दोषीउपर किटानी जाहेरी दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनपछि आरोपितहरु पक्राउ परेका थिए ।

मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले जाँच केस फारमकै आधारमा कारबाही प्रक्रिया थाल्न निर्देशन दिएको थियो । तर, उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका पीडित महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रमाण र पीडितको बयानअनुरुप ठहर भए आरोपितलाई अदालतले घरेलु हिंसाअन्तर्गत कारबाही गर्न सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

काठमाडौँ माइती भएकी पीडित महिला २०६९ साल मङ्सिरमा विवाह गरेर खोटाङ आएकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् ।

घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ २३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारका रुपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य बनेकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर