Aamsanchar

लामा भेषमा १८ लाख ठगी

Author Image
बुधवार, जेठ १९, २०७३

thagi

पाँचथर ।

लामाको भेषमा आएका एक व्यक्तिले पाँचथरको फिदिमका व्यवसायी र सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् ।

केही दिनअघि फिदिम आएका तेञ्जिङ लामा भन्ने एक तिब्बती मूलका व्यक्तिले नगदसहित सुनका गरगहना लिएर फरार भएका छन् । उनले विभिन्न व्यक्तिबाट गरी रु १८ लाख रकम ठगेर फरार भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सदरमुकाम फिदिमस्थित सगुनहोटलमा केही दिन अघिदेखि पूजा गर्ने बाहनामा फिदिमका व्यवसायी र सर्वसाधारणबाट नगद र सुनका गरगहना सङ्कलन गरेर फरार भएको ठगिएका व्यवसायी दीपक धमलाले बताउनुभयो ।

उहाँका अनुसार लामाले सुनका गहनाको पूजा गरे व्यापार राम्रो हुने भनेको र दुई दिन राम्रै व्यापार पनि भएको र विश्वासले गर्दा आफूले लामाको पूजा गर्ने ठाउँमा उहाँले पसलमा भएको चार तोला सुनसहित रु ४० हजार जति नगद राखेको बताउनुभयो ।

जिल्लाकै नाङ्गिन निवासी रिञ्जी शेर्पा भने रु साढे चार लाख नगद ठगिएका छन् । सापटी भनेर दिएको रकम लिएर फरार भएको बताउनुभयो ।

सोमबार फिदिमदेखि झापाको विर्तामोड पर्यटकलाई लिन भनेरसँगै गएको र आफूलाई भने दमकमा पर्यटक लिन पठाएर उनी भने विर्तामोडमा रहेको मकालु होटलमा आराम गर्दै गर्छु भनेर बसेको तर आउँदा फरार भएको पाइएको गुनासो गर्नुभयो ।

उता फिदिमकै सुजन रिजाल पनि लाखौँ ठगिएका छन् । आफ्नो तीन तोलाको सुनको चुरा लिएर फरार भएको बताए । फिदिमका अन्य थुप्रै व्यवयासी र सर्वसाधारणबाट पनि नगद र सुन लिएर फरार भएको बताएका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरमा १० जनाले उजुरी दिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । अहिले ती व्यक्तिको व्यापक खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)