Aamsanchar

नक्कली बाबु छोरा बनेर नागरिकता बनाउने पक्राउ

Author Image
बिहिवार, जेठ २०, २०७३

गुल्मी ।

गुल्मीमा नक्कली बाबु छोरा बनेर नागरिकता बनाउने दुई जना पक्राउ परेका छन् ।

शान्तिपुर–५ का नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् । निजले २०६० चैत्र १५ गते नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाएका थिए ।

उनीहरुले पुनः दोश्रो पटक २०७३ साल बैशाख १३ गते वावुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणका आधामा दुवै वावु छोरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतम राखिएको प्रमुख जिल्ला अधिकारी अधिकारी प्रदिपराज कडेलले जानकारी दिनुभयो ।

उनीहरु विरुद्ध नागरिकता ऐन अन्तरगत अदालतमा मुद्धा दायर गरिदै छ । उनीहरुबाट नयाँ र पुराना दुवै नागरिकता बरामद गरी कार्वाही प्रकृया अगाडी बढाईएको प्रजिअ कडेलले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर