Aamsanchar

सहारामा शैक्षिक बचत गर्नेलाई पुरस्कारै पुरस्कार

Author Image
शनिवार, जेठ २२, २०७३

SAMSUNG CAMERA PICTURES
बिर्तामोड।
बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिले शनिवार चारपानेमा शैक्षिक बचत प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत सहारा नेपालले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र शैक्षिक सामग्री प्रदान गरेको छ । सहाराले शैक्षिक बचत खाता १० हजार रुपैयाभन्दा बढी बचत रहेका एक सय ६३ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
त्यस्तै दुई जना शेयर सदस्यका सन्तानलाई प्राविधिक शिक्षातर्फको जनही ५० हजार रुपैयाा छात्रवृत्ति प्रदान गरिएको छ । सो छात्रवृत्ति पाउनेमा खगेन्द्र कार्की र रमिज रेवन्त थापा रहेका छन् । त्यस्तै विभिन्न कक्षामा प्रथम हुने २४ जना विद्यार्थीलाई जनही दुई हजार रुपैयााका दरले पुरस्कार समेत प्रदान गरिएको छ । विद्यार्थीलाई भविष्यमा शिक्षाका लागि समयमै बचत गर्ने बानीको विकास गर्न प्रोत्साहन स्वरुप शैक्षिक सामग्री तथा पुरस्कार प्रदान गरिएको संस्थाका सचिवा तथा प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष तथा नेफ्स्कुनका पूर्व अध्यक्ष मिनराज कडेलले प्रमुख अतिथिको तर्फबाट पुरस्कार वितरण गर्दै सहाराले आफ्ना सदस्यलाई देशमै उत्कृष्ट सेवा दिएको बताए । देशमै सबैभन्दा बढी शेयर सदस्य रहेको संस्था सहारा भएको पनि उनले बताए । संस्थाले बचतकर्ता विद्यार्थी मध्ये गोलाप्रथाबाट तीन जनालाई जनही १० हजार रुपैयाा छात्रवृत्ति रकम र अन्यलाई सान्त्वना पुरस्कार समेत प्रदान गरेको छ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रमुख कार्यकारी निर्देशक गिरीले प्रकाश पारेका थिए । भानु उमाविका प्राचार्य रुपक दाहाल र मोहनमाया माविकी प्रधानाध्यापक विन्दु श्रेष्ठले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष हरिप्रसाद निरौला र सञ्चालन शुक्र तामाङले गरेका थिए ।
उक्त अवसरमा सहारा नेपालको सेवा क्षेत्र केन्द्र नजिकै रहेका ५ विद्यालयलाई प्रति विद्यालय ५ हजार रुपैयााका दरले शैक्षिक विकास रकम प्रदान गरिएको थियो । यसरी रकम पाउने विद्यालयहरुमा भानु उमावि, वीरअमरसिंह उमावि, मनमाया मावि, साङ्वेद संस्कृत मावि र हिमाली निमावि रहेका छन् । सहाराले बर्षेनि शैक्षिक बचत प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर