Aamsanchar

बाढीले कोशीराजमार्ग अवरुद्ध

Author Image
सोमवार, जेठ २४, २०७३
धनकुटाः 
140818131959_nepal_floods_640x360_bbc_nocredit
कोशीराजमार्ग अन्तर्गत महाभारत ४ स्थित गर्जुवा खोलामा आएको बाढीले अवरुद्ध भएको सडक सूचारु भएको छ ।
राति तीन बजेदेखि अविरल वर्षापछि गर्जुवा खोलामा माटो तथा बालुवासहित आएको बाढीले सडक अवरुद्ध पारेको थियो ।
बाढीले पुलसहित बाटोमा माटो थुपारेको थियो । अवरुद्ध बनेको सडकमा बिहानै देखि माटो पन्छाउने काम जारी राखेपछि बिहान आठ बजेदेखि यातायात सेवा सूचारु भएको छ ।

सडक विभागले स्काभेटर प्रयोग गरेर बिहानैबाट माटो पन्छाउने काम सुरु गरेको थियो ।

उक्त राजमार्ग हुँदै धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम जाने सवारीसाधन बीचबाटोमै रोकिएका यात्रु अलपत्र परेका थिए । अहिले यातायात सूचारु भएपछि यात्रुलार्इ सहज भएको छ ।
खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर