Aamsanchar

मनसुन असार पहिलो साताबाट

Author Image
मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ । 

Dhankuta_02

यस वर्षको मनसुन एक हप्ता ढिला सुरु हुने भएको छ ।  सामान्यतया नेपालको पूर्वी भेगमा जेठ २८ मा मनसुनी वायु आइपुग्ने गरेको र त्यही समयबाट मनसुन सुरु भएको मानिन्छ ।  तर यसपटक भारतमा नै मनसुनी वायु नआएकाले नेपालमा मनसुन कम्तीमा एक हप्ता ढिला सुरु हुने मौसमविद्ले दाबी गरेका छन् ।
जुन १ तारेखमा भारतको केरला राज्यबाट मनसुनी वायु प्रवेश गर्ने र त्यो नेपालको वायुमण्डलमा आइपुग्न कम्तीमा नौ दिन लाग्ने गर्छ ।  यसपटक भने भारतको केरलामा पनि जुन ६ गतेसम्म मनसुनी वायु प्रवेश गरेको छैन ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार यो वर्ष कम्तीमा जुन १७ (असार ३ गते) अघि मनसुन सक्रिय हुन मुस्किल छ ।  प्रिमनसुनका पहिला दुई महिना मार्च र अप्रिलमा पानी नपरेको तर मे महिनाको मध्यतिरबाट सक्रिय भएको प्रिमनसुनको प्रभाव अझै कायम छ ।  सोमबार पनि काठमाडौँ उपत्यका लगायतका देशका केही स्थानमा मौसम बदली भई फाट्टफुट्ट पानी परेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार विगत एक दशकको तथ्याङ्क हेर्दा मनसुन हरेक वर्ष केही समय पछाडि धकेलिँदै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर