Aamsanchar

कुपोषण न्यूनीकरणका लागि खाद्य मेला

Author Image
मङ्गलवार, जेठ २५, २०७३

काठमाण्डौं ।

Khadyanna-e1456906652818

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ ।

 

स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थसहित मेला आयोजना गरिने छ ।

यस किसिमको मेला यही जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको विभागले जनाएको छ । यही जेठ २९ र ३० गते सिन्धुली तथा असार ३ र ४ गते लमजुङमा गर्न लागिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

उनले कुपोषण न्यूनीकरणका लागि भूकम्पबाट असर परेका विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गरिने बताउँदै दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनबारेमा मेला उपयोगी हुने बताए ।

खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवद्र्धन गर्न विभागले यस्तो अभियान चलाएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर