Aamsanchar

जथाभावी बाटो खन्दा पहिरोको जोखिम

Author Image
बुधवार, जेठ २६, २०७३

ताप्लेजुङ।

3232161839889de902a3403383251752_L

प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् ।

सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ ।

जथाभावी खनिएका सडककै कारण पहिरो गएको छ भने ठूलो भू–भागमा क्षति पुर्‍याएको छ ।

ताप्लेजुङको फावाखोला, सिकैचा, आम्बेगुदिन, पेदाङ, फूलबारी, निगुरादिनलगायतका गाविसमा पुर्‍याइएका अधिकांस सडक अन्दाजको भरमा उपभोक्ता समितिका पदाधिकारी र एक्साभेटर सन्चालकहरुले नै खनेको पाइएको जिल्ला विकास समितिका योजना अधिकृत अम्बिका चौलागाइँले जानकारी दिइन् ।

यसरी खनिएका सडकले गाउँलाई नै पहिरोको जोखिममा पारेको छ भने वर्षात्को समयमा सडक हुँदै आवात–जावत गर्ने स्थानीयबासीलाईसमेत जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर