मुम्बई पुलिसको सोशल सर्विस ब्रान्डले गोरेगाउँमा एक हाईप्रोफाइल सेक्स र्याकेटको पर्दाफास गरेको छ । सोमबार मध्यराती छापा मार्दा प्रहरीले यहाँ दुई टेलिभिजन अभिनेत्रीहरुलाई समेत फेला पार्यो ।
यसमा सावधान इन्डियाकी अभिनेत्री पनि छिन् ।
छापा मारिएको इलाका फिल्म सिटी बलिउडबाट निकै नजिक छ र यहाँ थुप्रै टिभी स्टारले आवत जावत गर्छन् ।
रय्याकेटको खुलासा गर्ने अमित जलालले भनेका छन्– ‘मोडल र अभिनेत्रीहरुको गिरफ्तारी यस मलबाट बाहिर गरिएको थियो ।’
यसरी भयो पर्दाफास : अमित जलाल
हामीलाई पहिल्यै जानकारी थियो कि यस यसरी यौनधन्दा हुन्छ । प्राप्त जानकारी बमोजिम नै हामीले हाम्रो छानविन जारी राखेका थियौँ र अन्तत यस्तो कामको पर्दाफास गरेरै छाड्यौँ । यसरी मोडल तथा अभिनेत्रीहलाई यहाँ ल्याउने अशरफ उर्फ अमनले गर्दै आएका छन् ।
अमन यहाँ आएपछि हामीले उनलाई पक्राउ गर्यौ । यसक्रममा सावधान इन्डियामा खेल्ने एक अभिनेत्री, एक मराठी अभिनेत्री र एक ¥याम्प मोडल पक्राउ परे । सप्लायर सामाजिक सञ्जालमार्फत फोटो पठाएर यस्तो धन्दा गर्दै आएका थिए ।
यसको थप कारबाही जानकारी रहनेछ । यौनकर्मीको काम गर्नका लागि अभिनेत्री र मोडलले ५० हजारदेखी १ लाख भारुसम्म लिने गरेको समेत बताइएको छ । उनीहरु प्राय धनी ग्राहक तथा बिजनेश म्यानसँग जाने गरेका थिए ।
प्रहरीका अनुसार यस र्याकेटका पछाडी कबीरको हात छ । अमित जलालले बताएअनुसार फिल्म उद्योगमा आउने नयाँ युवतीहरुलाई पैसा दिएर कबीरले यस्तो काममा लगाउने गरेका छन् ।
कबीरको इशारामा अशरफले काम गर्छन् ।