Aamsanchar

मदिरा बेच्ने वृद्धा ग्राहकबाटै बलात्कृत

Author Image
बिहिवार, जेठ २७, २०७३

सिरहा–

downloadb

सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै  बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

 

बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

 

बलात्कारका आरोपित सिरहा नपा–१७ खैरटोकाका ४२ वर्षीय अकरु पासवानलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए ।

आरोपित पासवान बलात्कृत महिलाको घरमा मदिरा पिउन गएका थिए ।

मदिरा पिएपछि मातिएका पासवानले मदिरा बिक्री गर्ने ५५ वर्षीया वृद्धालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले पनि मदिरा सेवन गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर