Aamsanchar

बिना इजाजत डेन्टल सञ्चालन गर्ने पक्राउ

Author Image
शुक्रवार, जेठ २८, २०७३

भोजपुर ।

indext

भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

भोजपुर नगरपालिका–७ बंैकरोड र भोजपुर जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालन गरी बिना इजाजत अवैधरुपमा ओम सिद्धि विनायक डेन्टल केयर सञ्चालन गरी स्थानीय मानिसलाई भ्रममा पारेकाले निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

दाँतसम्बन्धी कुनै पनि कोर्स नगरी डेन्टल हाइजिनिस्ट ९डिएच० भन्दै स्थानीय मानिसको स्वास्थ्यमा लापरबाहीपूर्वक ठगी गरिरहेको सूचनाका आधारमा सन्तोषलाई गत सोमबार पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

सन्तोषकुमार रोहितालाई ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर