Aamsanchar

गोरु काटेको आरोपमा पाँचजना पक्राउ

Author Image
शुक्रवार, जेठ २८, २०७३
चितवन:
imagesg
 गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
माडी-३ की सुनिता नेपाली, माडी-४ को १६ वर्षीय सागर नेपाली, सोही ठाउँका १९ वर्षीय शिव नेपाली, माडी-४ का २५ वर्षीय जीवन नेपाली र माडीकै ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ। पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर