[दिपेन्द्र भट्टराई]
नेता खराब भएमा देश बिग्रन्छ, वकिल खराव भएमा मुद्दा बिग्रन्छ, इन्जिनियर खराव भएमा प्रबिधि बिग्रन्छ, तर चिकित्सक खराव भएमा मानिसको ज्यान नै जान्छ । कस्तो संबेदनसिल पेशा छा डाक्टरको ! “कुनै एकजना व्यक्ति नराम्रो लेखक हुन सक्ला, खराब पेन्टर हुन सक्ला अथवा खराब अभिनयकर्ता हुन सक्ला तर कहिल्यै पनि खराब डाक्टर हुादैन र हुनुहुादैन पनि” ।
प्रो. एमपी कोन्चलोभ्स्की को यो भनाईलाई नेपाल मेडिकल काउन्सिलले आफ्नो आचार संहिताको अन्तिम हरफमा उदृत गरेको छ । सायद, चिकित्सकहरूले कहिल्यै नबिर्सिऊन् भनेर चिकित्सा पेसा सुरु गर्ने बेलामा पढेर हस्ताक्षर गरिने सो आचार संहितामा सो भनाइ अन्तिम हरफको रूपमा राखेको होला । तर, दुर्भाग्य यो भनाईलाई अधिकंश चिकित्सकहरुले पैसा कमाउने धुनमा भुसुक्कै बिर्सने गरेका छन ।
चिकित्सकिय पेशालाई मर्यादित, अनुशासित, जनमुखी र विश्वसनिय बनाई मानव स्वस्थ्यको उपचारमा हेलचेक्राई लार्पवाही नहोस भनी नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुका लागि आचार संहिता बनाएको छ । कतिपय चिकित्सकहरुले आचार संहिता पालना नगर्दा यो सम्मानित पेशामा नागरिकहरुले पटक पटक प्रश्न उठाउन थालेका छन् । भख्खरै सचेत नागरिक समूह झापाले स्वस्थ्य क्षेत्रमा देखिएको बिसंगतीका बारेमा सरोकारवालाहरुलाई सचेत गराएको छ । सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सक र आचार संहिता, स्वास्थ्य सेवा का प्रचलित ऐन कानुन विपरित कामा गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग समेत गरेको छ ।
समूहले विज्ञप्ति जारी गरी सरकारी सेवा सुविधा खाने चिकित्सकलाई त्यस्तो काम नगर्न आग्रह गर्दै यदि त्यस्तो गरेको पाइएमा नागरिकले नै नियन्त्रणमा लिई प्रहरी प्रशासन समक्ष बुझाउने जनाएको छ । यसै सन्र्दभमा स्वास्थ्य क्षेत्रमा चिकित्सकहरुले गर्दै आएको उदण्डता, लार्पवाही र चिकित्सक आचार संहिता, प्रचलित ऐन कानुन, नीति निर्देशन समेतको चिकित्सकहरुले गरेको उलंघनका बिषयमा यस स्तम्भमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
चिकित्सक आचार संहिता २०६५ ले चिकित्सकको आचार, बिचार, चरित्र, कर्तब्य तथा दायित्व समेतका बारेमा उल्लेख गरेको छ । जस अनुसार चिकित्सक सैद्धान्तिक एवं व्यवहारिक ज्ञानले निपुर्ण, दक्ष, पेशा प्रति पबित्र भावना राख्ने हुनु पर्छ । चिकित्सकले रोगी ब्यक्तिलाई मैत्री र करुणाभाव राखी व्यवहार गर्नु पर्दछ । ज्ञान शिपको घमण्ड नगर्ने, गंभिर, धैर्य, सचेत र काममा ढिलासुस्ती नगर्ने, अव्यसानी, प्रलोभनमा काम नगर्ने हुनुपर्दछ भनी चिकित्सक पेशामा चिकित्सकको चरित्रलाई संहिताबद्ध गरिएको छ । त्यसैगरी चिकित्सकको दायित्वलाई पनि यस संहिताले उल्लेख गर्दै पेशा प्रति इमान्दार जवाफदेही भई रोगको निदान र निवारण गर्ने उपाय अवलम्वन गर्दै, उपचारका क्रममा अनावश्यक औषधि एवं परिक्षणलाई प्रोत्साहित नगरी रोगीको दु:ख निवारणका लागि बिना पूर्वाग्रह नित्य प्रयत्नशिल हुनु पर्ने र रोगको बारेमा परिवारका सदस्यलाई यथार्थ स्थिति अवगत गराई उचित सल्लाह समेत दिनु पर्छ भनि आचार संहिताले उल्लेख गरेको छ ।
त्यसैगरी चिकित्सकले प्रदान गर्ने सेवा सम्बन्धि बिज्ञापनगरी सत्य सुचना प्रवाह गर्ने, गलत र भ्रामक बिज्ञापन नगर्ने, चिकित्सकले सेवा सूरुवात गर्दा, सेवा समुह र स्थान परिवर्तन गर्दा, आफ्नो कार्यवाट अस्थाई रुपमा अनुपस्थित रहनुपर्दा समेत औपचारिक रुपमा जानकारी गराउनु पर्ने । आधारहिन प्रचारप्रसारका भरमा औषधि सिफारिस गर्न नहुने । ग्यारेन्टीका साथ रोग निको नभए पैसा फिर्ता गर्ने भनी भ्रामक बिज्ञापन गर्न नहुने ब्यवस्था आचार संहिताले उल्लेख गरेको छ ।
तर आज चिकित्सकको सेवा र प्रभावकारिताका सम्वन्धमा दिइने अधिकंश बिज्ञापन तथा सुचनाहरु भ्रामक, अतिरंञ्ति हुने गरी संप्रेशण गरिने गरिन्छ । जसबाट आम नागरिक ठगिन पुगेका छन । रोगी ब्यक्तिलाई मैत्री र करुणा भाव राखि उपचार गर्नुको सट्टा बजारमा राखेको दैनिक उपभोग्य बस्तुको किनबेचमा गरिने ब्यवाहार डाक्टरहरुले गर्ने गरेका छन् । ज्ञान र शिपको घमण्ड नगर्ने, गंभिर, धैर्य, सचेत र काममा ढिलासुस्ती नगर्ने डाक्टर सवहरु त बिरामीहरुले सारै कम नै भेट्ने गर्दछन् । भेडा बार्खा बेच्न राखिए झै लामो समय डाक्टरको पर्खाइमा लाईनमा बसेका बिरामीहरुले अन्तमा डाक्टर नआउने सुचना पाउाछन् । चिकित्सकका नजरमा बिरामीको अवस्था र समयको कुनै मुल्य हुदैन ।
आचार संहिताले देशको कानुनविपरीत गर्भपतन गर्नु नहुने र गर्भपतन गराउनका लागि अल्ट्रासाउन्डलगायत कुनै पनि प्रविधि प्रयोग गरेर गर्भ पहिचान गर्नु नहुने कुरा काउन्सिलको आचार संहितामै उल्लेख गरिएको छ । तर, काउन्सिलले नै अहिले डाक्टरलाई यही आरोपमा कारबाही सुरु गर्नुपरेको छ । डाक्टर नुतनको सम्बन्धमा अदालतले यथोचित निर्णय गर्ने नै छ । तर, उनी काम गर्ने अस्पताललगायत मेचीदेखि महाकालीसम्म सञ्चालित अन्य थुप्रै निजी अस्पताल तथा क्लिनिकहरूमा भुर्णको लिंग पहिचान हुने र गैरकानुनी रूपमा गर्भपतन गरिने गरेको कुरा मेडिकल काउन्सिल र मेडिकल एसोसिएसन दुवैलाई थाहा नभएको होइन । आमसञ्चारमाध्यमले बराबर यो कुरा उठाइरहेका छन ्। तर, मेडिकल काउन्सिल कसैले उजुरी दिन नआएसम्म टसमस गर्दैन । कुनै चिकित्सकका विरुद्ध लिखित रूपमा उजुरी नआउनुको मतलब चिकित्सकहरूले आचार संहिता र प्रचलित कानुन पालन गरिरहेको ग्यारेन्टी गर्न सक्ने अवस्था होइन । चिकित्सकहरूले आचार संहिताको पालना कुन रूपमा गरिरहेका छन् भनेर काउन्सिल आफैंले बेलाबेलामा छड्के जााच गर्न सक्छ । तर, त्यसो गरेको पाइादैन। काउन्सिल केवल उजुरी कुरेर बस्छ ।
चिकित्सकहरूलाई सही रूपमा आचार संहिताको पालन गराउने र पालना नगर्नेलाई कारबाही गर्ने अभियान थाल्ने हो भने जताजतै बग्रेल्ती समस्या भेटिन्छन्। चिकित्सकले आफ्नो साइन बोर्ड राख्दा १ × १२ इन्चको राख्नुपर्ने र औषधि पसलमा चिकित्सकले साइन बोर्ड राख्न नपाइने कुरा आचार संहितामा उल्लेख छ । झाापाममात्रै हेर्ने हो भने चिकित्सकहरूका साइन बोर्ड तोकिएका साइजभन्दा ठुलो राख्ने गरेको पाइन्छ । यसले उपभोक्तालाई खासै असर नगरे तापनि औषधि पसलमा चिकित्सकको साइन बोर्ड हुनु स्वास्थ्य सेवा महागो तथा व्यापारीकरण हुनुको परिचायक नै हो ।
चिकित्सककहाा जानु भनेको हरेक पटक औषधि खानै पर्ने अवस्था हुनु होइन । रोग लागेकै अवस्थामा पनि कहिलेकाहीं सो डाक्टरसाग सम्बन्धित रोग अर्कोलाई सिफारिस गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा पनि औषधि पसलमा साइन बोर्ड राखेर बसेका डाक्टरलाई कुनै न कुनै औषधि लेख्नुपर्ने बाध्यता हुन्छ । डाक्टरको बिरामी जााच्ने कोठाको भाडा पनि प्राय: औषधि पसलले नै भुक्तानी गरेको हुन्छ । यस्तो अवस्थामा आवश्यकै नपरे पनि औषधि, भिटामिन किन्न सिफारिस गर्ने, एकै पटक धेरै औषधि लेख्ने गरेको पाइन्छ । यसमा पनि कुन औषधिमा कमिसन बढी आउाछ, त्यो औषधि लेख्ने प्रवृत्ति बढी हुन्छ । कमिसन बढी दिने औषधिमा मूल्य पनि बढी राखिएको हुन्छ । खासगरी तराई क्षेत्रमा औषधि पसलमा भएका चिकित्सकले अनावश्यक भिटामिन तथा औषधि लेख्ने र क्याप्सुल वा ट्याबलेटले हुने अवस्थामा पनि इन्जेक्सन नै किनेर लगाउन बाध्य बनाउने गरेको पाइन्छ । यसले बिरामीहरूको खर्च निकै बढ्ने हुन्छ । जसले गर्दा आधा–आधा औषधि किनेर रोगलाई अधकल्चै अवस्था रोगीहरुले छोड्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
आचार संहिताअनुसार चिकित्सक आफूले सिफारिस गरेको औषधि बेच्ने गरी औषधि वा सर्जिकल पसल पनि सञ्चालन गर्नुहुादैन । बिरामीका लागि सिफारिस गरिएको औषधि, सर्जिकल, परीक्षण, उपचारबापत कमिसन लिनु वा अरूलाई दिनु पनि अनैतिक हुन्छ । यस सम्बन्धमा मेडिकल काउन्सिल वा राजस्व कार्यालयले औषधि पसलमा क्लिनिक सञ्चालन गरिरहेका चिकित्सकको आम्दानी खर्च तथा बैंक ब्यालेन्सको विवरण हेर्ने हो भने वास्तविकता तुरुन्तै थाहा पाउन सकिन्छ। चिकित्सकहरूले यो आचार संहिताको पालना गर्ने हो भने उपचारमा बिरामीहरूको अनावश्यक खर्च कम हुन जान्छ।
मेडिकल आचार संहिताअनुसार आफूलाई जानकारी नभएको औषधि चिकित्सकले लेख्नु पनि अनैतिक हुन्छ । तर, आयुर्वेद पढेका कतिपय डाक्टरले एलोपेथिक औषधि लेखिरहेका छन् । यसले गर्दा बिरामीको स्वास्थ्य जोखिम अवस्थामा परिरहेको छ । सर्वसाधारण बिरामीले थाहा नै पाएका हुादैनन्, कारबाही गर्नुपर्ने निकाय नदेखे जस्तै गरेर बसिरहेको छ ।
आकस्मिक अवस्थामा बिरामी वा घाइतेको उपचार गर्नु चिकित्सकको दायित्वभित्र पर्ने कुरा आचार संहितामा उल्लेख गरिएको छ । तर, गत वैशाखमा गएको भूकम्पमा परी घाइते भएका बिरामीको खर्च राज्यले बेहोर्ने घोषणा गरिसकेपछि पनि केही निजी अस्पतालले पैसा डिपोजिट नगरेसम्म बिरामी भर्ना नै गर्न नमानेको कुरा घाइतेहरूले नै सार्वजनिक गरेका छन् । केही साना अस्पताल भने केही दिन बन्द गरेर नै बसेका थिए । यसलाई चिकित्सकीय आचार संहिताको घोर उल्लंघनको रूपमा लिइएको छ । तर, कसैलाई कारबाही भएको भने थाहा पाइएन ।
नेपाल मेडिकल काउन्सिलको आचार संहिताको अर्को अति महत्वपुर्ण बुादामा लेखिएको छ, ‘चिकित्सकले बिरामीलाई रोगको प्रकृति बारेमा बताउनुपर्छ । बिरामीको अवस्था बारेमा बढाएर वा कम गरेर भन्नुहुादैन । बिरामीलाई रोगको प्रकृति बारेमा बताउनुपर्ने कुराको पालना प्राय: सरकारी अस्पतालमा भएको पाइादैन । विशेषगरी प्राइभेट प्राक्टिस गर्ने सरकारी अस्पतालका चिकित्सकले समय अभावका कारण एक–दुईओटा कुरा सोधेर औषधि लेख्छन । रोगको प्रकृति बारेमा प्राय: बताउादैनन् । बिरामीले सोध्ने अवसर पनि पाउादैनन् । बिरामीको अवस्था बढाएर भन्ने प्रवृत्ति धेरै हुने गरेको पाइन्छ । बिरामीलाई अत्याएर बढी खर्च गराउने प्रवृत्ति प्राय: देखिन्छ ।
त्यसैगरी स्वस्थ्य तथा जनसंख्य मन्त्रालयल चिकित्सकहरुको परामर्श शुल्कमा एकरुपता ल्याउन २०७१—०५—११ मा मन्त्री स्तरिय निर्णय गरी २०७१—०६—१ देखि लागु हुने गरी चिकित्सकहरुको परामर्श शुल्कको निर्धारण गरेको छ । निर्धारण गरिएको सेवा शुल्क अनुसार एम.विवि.एस वा सो सरह ५ बर्षको अनुभव भएकाले जााच बापतको शुल्क रु २५० । पााच बर्ष वा सो भन्दा माथिका अनुभवीले रु ४००, एम.डी एम.एस, ५ बर्ष अनुभव भएकाले रु ४५० । र ५ बर्ष भन्दामाथिका अनुभवीले रु ४७५ । लिन पाउने सरकारले निर्णय लागु गरेपनि यो चिकित्सकहरुले पालना गरेको पाईदैन ।
सरकारी तलब सुविधा लिई निजी क्षेत्रमा काम गर्नु नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र निजामति कर्मचारी ऐन विपरीत मानिन्छ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९ ले कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय एवम् निजी प्राक्टिस गर्न नहुने भनी उपदफा १ मा सरकारी सुविधा उपभोग गर्ने स्वास्थ्यकर्मीले गर्न नहुने भनि भनिए पनि सरकारी अस्पतालमा काम गर्ने चिकित्सकह्ररु निजी अस्पतालका शेयर होल्डर बनी काम गरिरहेका छन् । यो सरासर प्रचलित कानुन र आचार संहिता समेतको ठाडो उलंघन हो । यस्ता चिकित्सकलाई प्रचलित कानुन अनुरास कारवाही हुनु पर्दछ ।
नेपाल मेडिकल काउन्सिलले आफ्नो भूमिका प्रभावकारी नबनाएका कारण स्वास्थ्य क्षेत्र बढी व्यापारीकरण, विकृतियुक्त र आलोचित बन्दै गएको छ। यसै कारणले बिरामी र अस्पताल तथा चिकित्सकहरूबिचको द्वन्द्व पनि बढ्दै गएको छ । यसले स्वास्थ्य क्षेत्रको गुणस्तरीयता र विश्वसनीयता कम हुादै गएको मात्र होइन, पेसागत मर्यादाको पालना गर्ने, स्वच्छ आचरणयुक्त व्यवसाय गर्ने र उपभोक्तामुखी सेवा उपलब्ध गराउने चिकित्सकहरूको पनि मानमर्दन भएको छ । स्वास्थ्य क्षेत्रलाई बढी भरपर्दो, स्वच्छ, सेवामुखी र प्रभावकारी बनाउनका लागि नेपाल मेडिकल काउन्सिलले आफ्नो भूमिकालाई थप जनमुखी र परिणाममुखी बनाउन आवश्यक छ । अन्य क्षेत्रभन्दा चिकित्सा क्षेत्र बढी संवेदनशील भएका कारण पनि अधिकतम आचार संहिताको पालना गर्नु गराउनु आवाश्यक रहेको छ ।
लेखक कानुन व्यवसायी (अधिवक्ता) हुन ।
email–[email protected]