लहान ।
सिरहाको गोलबजार नगरपालिका–७ स्थित चौहर्वामा आइतबार साँझ करेन्ट लागेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौहर्वा–६ निवासी रामबहादुर मण्डलको ५ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
साँझ ७ बजेतिर मोटरबाट खेतमा पानी लगाउने क्रममा मोटर नजिक खेल्दै गरेकी राधिकालाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 157