काठमाडौं ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेशन र वर्ल्ड भिजन इन्टरनेशनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कारवाही गर्न निर्देशन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलाई विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 196