Aamsanchar

इलाममा गर्भवतीलाई सुपानेट

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

garvawati

इलाम।

औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार औलो प्रभावित यहाँका बाँझो, महमाई र दानाबारी गाविसका गर्भवतीलाई झुल वितरण गरिएको हो ।

गाउँको सम्बन्धित स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाँच गराएपछि उक्त स्वास्थ्य संस्थाबाट झुल उपलब्ध गराइँदै आएको पनि बरालले जानकारी दिनुभयो ।

यो कार्यक्रमका लागि कार्यालयमा जम्मा ५८६ थान झुल आएको छ । गर्भवतीका लागि आएको झुल सम्बन्धित स्वास्थ्य संस्थामा पठाई वितरण गरिएको शाखाले जनाएको छ ।

औलोका रोगी नियमित १४ दिनसम्म औलो रोगको औषधि सेवन गरेमा पूरै ठीक हुने स्वास्थ्यकर्मी बताउँछन् । यो औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

औलोबाट जिल्लामा एक जनाको पनि मृत्यु नभएको जनाउँदै कार्यालयले औलो नियन्त्रणका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ ।

विशेषगरी झापा जिल्लासँग सीमा जोडिएका इलामका गाविस बढी प्रभावित हुने भएकाले जिल्लाका चुरे क्षेत्रका गाविसमा बढी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको पनि सुपरभाइजर बरालले बताउनुभयो । औलो रोग पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर