Aamsanchar

समाजका गहना हुन जेष्ठ नागरिक

Author Image
बुधवार, असार १, २०७३

झापा ।index

जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध १३औं सचेतना दिवस आज विश्वभर जेष्ठ नागरिकको सम्मान तथा हक अधिकार सुनिश्तिताको आव्हानसहित मनाईदैछ ।

 

उमेर ढल्किएसंगै शारीरिक रुपमा कमजोर बनेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, सम्पत्ति र स्वामित्वको अधिकार तथा हेरचाह आवश्यक पर्नेहरुकालागि उचित वातावरण निर्माणका पक्षमा दिवसले वकालत गर्दछ ।

 

दिवसका अवशरमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले ज्येष्ठ नागरिकमाथि हुने सबैप्रकारका हिंसा र उनीहरुको इच्छा विपरीतका कार्य अन्त्यकालागि सम्पुर्ण सदस्य राष्ट्र तथा नागरिक समाजलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले नेपाल सरकार तथा नागरिक समाजलाई ज्येष्ठ नागरिकको अधिकारप्रति प्रतिबद्धता जाहेर गर्न आव्हान गरेको छ ।

 

आगामी सन २०२५ सम्ममा विश्वभरमा ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १ अर्ब २० करोड पुग्ने राष्ट्रसंघको अनुमान छ । विश्वका ४ देखि ६ प्रतिशत ज्येष्ठ नागरिक आफ्नै घरमा दुर्व्यवहारमा पर्ने गरेको राष्ट्रसंघले जनाएको छ ।

सामाजिक मुद्धाका रुपमा लिईएको ज्येष्ठ नागरिक माथिको बढ्दो हिंसाले लाखौको संख्यामा रहेका उनीहरुको स्वाथ्य तथा मानवअधिकार हन्न भईरहेको यस क्षेत्रमा विज्ञ बताउछन् ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर