Aamsanchar

सीमाक्षेत्रमा रक्सी बेच्न प्रतिबन्ध

Author Image
बिहिवार, असार २, २०७३

raksi b

इनरुवा ।

सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । नेपाल र भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

सीमा क्षेत्रमा नसालु पदार्थको सेवन र उपभोगले झैझगडा बढ्नुका साथै चोरीको त्राससमेत बढेकाले सुनसरीको साहेबगन्ज र कप्तानगन्ज नाकामा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

स्थानीय शान्ति समिति समन्वय सञ्जालको आग्रह र स्थानीयवासीको सहयोगमा सशस्त्र सीमा सुरक्षा बलले प्रत्येक दिन साँझ ७ बजेपछि मदिरा बिक्री वितरण गर्न नपाइने निर्णय गरेको सञ्जालका अध्यक्ष महेन्द्र मेहताले जानकारी दिनुभयो ।

खुल्ला सीमाका कारण भारतीय र केही नेपाली चोरले मदिरा सेवन गर्ने बहानामा सीमामा पस्ने र राति अबेर भएपछि चोरीको गतिविधि गर्ने भएको हुँदा त्यसको मुख्य कारक मदिरा भएकाले त्यसमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर