Aamsanchar

नक्कली शैक्षिक प्रमाण पत्र भएको आशंकामा डाक्टर पक्राउ

Author Image
शुक्रवार, असार ३, २०७३

वीरगञ्ज–

imagesd

नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट केही डाक्टरलाई पक्रेको छ ।

 

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह, बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल र नाक कान घाँटी रोग बिशेषज्ञ डा. दिनेश साहलाई प्रहरीले पक्रेको हो ।

अस्पतालका डाक्टरहरुलाई प्रहरीले लगेको तर लैजानु पर्ने कारण बारे आफूलाई थाहा नभएको अस्पताल विकास समितिका सदस्य सुदीप लामाले जानकारी दिनुभयो ।

स्रोतका अनुसार डाक्टरहरुले नक्कली प्रमाण पत्र पेश गरेको आशंकामा छानविनका लागि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले सिआइबीले पक्राउ गरेको आफूले सुनेको तर कारण थाहा नभएको जानकारी दिनुभयो ।

सिआइबीले एसएलसी तथा प्लस टुको नक्कली प्रमाण पत्र बनाएर डाक्टर बनेका र इन्जिनियर बनेकाहरुमाथि पछिल्लो समय छानविन र कारवाही गरिरहेको छ ।

यता नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई पक्राउ गरेको छ ।

विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । अस्पालको क्याबिनमा बिरामी जाँचिरहेका बेला बिरामीको पूर्जा नै काटेरै प्रवेश गरेका ब्यूरोका सदा पोशाकका प्रहरीले डा. अख्तरलाई पक्राउ गरेका हुन् ।

लाइफ गार्ड अस्पतालका प्रवन्ध निर्देशक डा. कैलाशकुमार श्रेष्ठले अपरिचित केही व्यक्तिले डा. जावेदलाई अस्पालबाटै नियन्त्रणमा लगेको  बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर