Aamsanchar

साहित्यकार,शिक्षासेवी र पत्रकारलाई देवीप्रसाद उप्रेती स्मृति पुरस्कार

Author Image
शनिवार, असार ४, २०७३

yek raj sir ko
बिर्तामोड ।
झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २१ हजार रुपैयाा रहेको छ । त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङनामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष त्रिलोचन संग्रौलाले जानकारी दिए ।
त्यस्तै पत्रकारिता क्षेत्रको पुरस्कार पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाा रहेको छ । पत्रकार गिरी पूर्वाञ्चल दैनिकका सम्पादक तथा रेडियो नेपाल झापाका सम्वाददाता हुन् ।
संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद उप्रेतीका अनुसार देवीप्रसाद उप्रेती स्मृति दिवसको अवसर पारी यही असार ११ गते शनिवार बिर्तामोडमा उक्त पुरस्कार वितरण गरिनेछ । उपप्रधानमन्त्री सीपी मैनाली स्मृति दिवस तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा आउने संस्थाका अध्यक्ष संग्रौलाले जानकारी दिए ।

तेह्रथुमको आठराई इवामा १९६९ बैशाख १ गते जन्मिएका देवीप्रसादले झापासहित पूर्वका विभिन्न जिल्लामा शैक्षिक संस्था र मठमन्दिरलाई ९ सय विगाह जग्गा धान गरेका थिए । २०४९ असार ११ गते उनको निधन भएको थियो । स्व. उप्रेतीले शिक्षा तथा समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनको सम्मानमा गतबर्ष हुलाक टिकट समेत प्रकाशित गरेको छ । उनको निधन पछि कनकाई नपा–९ घैलाडुब्बामा उनको उताराधिकारी संस्थाको रुपमा देवीप्रसाद उप्रेती निजानन्द आश्रम स्थापना भई विभिन्न गतिविधि गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर