

[लीला अनमोल]

भेट
र तिमीले पनी
सिमाना लगाएर रहरहरूमा
मसॅग हार्दिकताको खेल खेल्यौ
छोपेर मैले पनी उमंगको गुराँस
सहजताको मुस्कान साटे
हरेकपल
आनन्दीको श्वाश फेरेर
आकंक्षको धरापमा
जीवन बाँच्नुको मजा बेग्लै रहेछ ।
तिम्रो अनुहारमा पोतिएको उज्यालो
महशुश गरेकी हुँ मैले पनी अलिकती
मेरो आखामा सलबलाएको खुशी
अनुमान लगाएकै हो सायद तिमीले पनी
निम्तो दिएर तिमीले
प्रेमको उत्सबमा सहभागी गराएपछी
सत्ते मभित्र एउटा खल्बली मच्चिएको छ
तिम्रो घामले छोएपछी
सुकेको छ मभित्रको उदासी शित
यस्तो लाग्छ –
तिमी भित्र पनी यादको कुइरो उडेर
ढाकेको छ उत्साहको पहाड
लोकार्पण भएर खुशी
आफ्नो दुनियाँ चर्चित भएको छ
सत्ते प्रिय
मेरो मनको नियन्त्रक तिमी भएपछी
बिना रोकटोक
तिम्रो यादको उर्दि लगाएर
मेरो मन मैबाट भागेको छ
तिमीलाई एउटा प्रश्न —
के आजभोली
मेरो मन तिमीभित्र लुकेको छ ??

Views: 249

