Aamsanchar

बेलडाँगीमा भिषण आगलागी

Author Image
मङ्गलवार, असार ७, २०७३

aaglagi

दमक।

झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन घर नष्ट भएका छन् ।

स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् । स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीको भनाइ छ ।

आगलागीबाट मानवीय कुनै क्षति नभए पनि लाखौँ मूल्यका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि दमकसहित, बिर्तामोड तथा भद्रपुरबाट आएको दमकल, प्रहरी, शरणार्थी र स्थानीयको सक्रियतामा राति ११ बजेतिर नियन्त्रणमा लिइएको प्रसनि दाहालले बताउनुभयो ।

क्षतिको सम्पूर्ण विवरण यो समाचार तयार पार्दासम्म आउन सकेको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)