काठमाडौँ ।
बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ ।
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो । हरेक वैशाख पूर्णिमामा सो जयन्ती नेपालमा मनाइन्छ ।
अन्तर्राष्ट्रिय योग दिवसको मूल समारोह समितिको गत साता भएको बैठकमा समितिका संयोजक तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सो प्रस्ताव गर्नुभएको हो । आज सो दिवस मनाउन आयोजित कार्यक्रममा पनि मन्त्री पोखरेलले सोबारे पुनः ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली भूभागमा योग र ध्यानको उत्पत्ति भए पनि त्यसलाई विश्वव्यापीकरण गराउन आफूले सो प्रस्ताव गरेको मन्त्री पोखरेलले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 163