झापा।

रागा चराउदै गर्दा चट्याङ लागेर झापामा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा तोपगाछी– ४ निवासी ५५ वर्षीय सरकार सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेनलाई मंगलवार चट्याङ लागेको बताइएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्वूले जानकारी दिनुभयो ।


चट्याङ लागेर घाइते बनेका सरकारको कम्मर मुनी सम्पूर्ण भाग नचल्ने र घााटी मुनी डढेको प्रहरी नायव उपरीक्षक लिम्बूले बताउनुभयो ।
Views: 71

