Aamsanchar

भद्रपुरका लभको युएईमा मृत्यु

Author Image
बिहिवार, असार ९, २०७३

lov

[भरत शिवाकोटी]

युएई ।

वैदेशिक रोजगारिमा युएईमा रहेका झापालीहरु सँगै सिङ्गै प्रवासी नेपालीहरु स्तब्ध हुने घटना रोकिएको छैन । कसैको वाध्यता, कसैको आवश्यकता, कसैको सपना अनी यस्तै यस्तै विभिन्न कारणहरु सँग गाँसिएको विदेश सुन्न र भन्नमा जती सहज छ, त्यहाँ भित्रको शारिरिक र मानसिक पिँडा त्यती सहज कदापी छैन ।

भिजिट भिजामा युएई आएर कामको खोजी गर्दागर्दै ह्र्दयघात भएर निधन भएका झापा धाइजन गा. वि. स. वडा न.- ३ का विशाल मेचेको पार्थिव शरीर सेलाउन नपाउँदै अर्को घटनाले सम्पूर्ण प्रवासी नेपालीहरुलाई दुखित बनाएको छ । विगत ३ बर्षदेखी युएईको दुबई जेवलअलिमा रहेको टप वान सेक्युरिटी सर्भिस कम्पनिको सुरक्षा गार्डमा कार्यरत २७ बर्सिया लभ सुवेदीलाई गत विहिवार तदानुसार १६ जून २०१६ मा मृत अवस्थामा भेटिएको छ । झापा भद्रपुर नगरपालिका वडा न.- १५ साविकको चन्द्रगढी गा. वि. स. वडा न.- ८ स्थाई बसोबास गर्ने सुवेदी जावेलअलिको रसासी परफ्युम वायर हाउसमा रात्रीकालिन डयुटी गर्दथे । १५ जून २०१६ बुधवारका दिन बेलुका डयुटी गएका सुवेदीलाई विहिवार विहान दिनको डयुटी गर्न गएका सुरक्षा गार्डले मृत अवस्थामा फेला पारेका थिए । उनले आत्माहत्या गरेका हुन वा होइनन भन्ने बारेमा प्रहरिले अनुसन्धान जारी राखेको छ ।

अत्यन्तै मिलनसार र हँसिलो मुहार भएका सुवेदीको कसैसँग नराम्रो नभएको र सो दिन बेलुकी डयुटी जाँदा सँधैं झैं सामान्य अवस्थामा गएका थिए । सोही कम्पनिमा कार्यरत उहाँका आफन्त युवराज पौडेलले जानकारी दिए । ३ बर्ष अगाडि नेपालबाट आफुहरु सँगै आएको र छुट्टी गएर समेत सँगै फर्किएको स्मरण गर्दै पौडेलले सुकसुकाउँदै भने यो सोच्न र कल्पनै गर्न नसकिने घटना हो,लभ सुवेदी हामी माझ छैनन भनेर पत्याउनै सकिरहेको छैन । निधन भएका सुवेदीका परिवारमा ५ बर्सिया छोरा, श्रीमती र आमा रहेका छन ।

यसैबिच युएईमा रहेका नेपाली सेक्युरिटीहरुको संस्था नेपाली सेक्युरिटी समाज युएईका अध्यक्ष तेज राई तथा झापाली समाज युएईका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले एक संयुक्त विज्ञप्ती मार्फत निधन भएका सुवेदी प्रती गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ती मिलोस भन्ने प्राथना गरेको छ । यो कठिन घडीमा सेक्युरिटी समाज युएई र झापाली समाज युएईले मृतकका परिवारलाई राहत दिन आर्थिक सहयोग सन्कलन गर्ने निर्णय गरेको हुनाले युएईमा रहेका सम्पूर्ण नेपालीहरु साथै संघ, संस्थाहरुलाई सहकार्य र आर्थिक सहयोगका लागि अपिल गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर