Aamsanchar

६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन

Author Image
बिहिवार, असार ९, २०७३

women-on-sale

पाँचथर ।

जिल्ला प्रहरी कार्यलय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ ।

तीमध्ये २९ महिला, चार बालिका र एकजना बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ । बाँकी ३० जना अझै सम्पर्कमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।

यसरी सम्पर्कविहीन हुनुमा विवाहपछि श्रीमान रोजगारीका लागि विदेसिनु, शिक्षामा कमी, बालबालिकाले आफन्तको संरक्षण नपाउनुजस्ता कारण रहेको अनुसन्धानले देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका २७ वटा घरेलु हिंसामा मुद्दा दर्ता भएका छन् । यो तथ्याङ्क गत आवको भन्दा २१ वटाले कमी हो जसमध्ये ४१ वटा मुद्दामा मिलापत्र भएको छ ।

सातवटा मुद्दाका भने उजुरी दिने व्यक्ति नै सम्पर्कमा नआएको प्रहरी कार्यालयले जनाएको छ । समाजमा हुने विभिन्न हिंसा र घटना कम गर्न कार्यालयले घरदैलो कार्यक्रमलाई जारी राखेकाले घरेलु हिंसामा न्यूनीकरण आएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर