सप्तरी ।
सप्तरीको राजविराज नगरपालिका–१ बाट एक हजार लिटर मदिरासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगरमै वृहतरुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापामारी एक हजार लिटर तयारी अवस्थामा राखिएको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सख्खर, पुराना चप्पल, कोदो, मर्चा लगायतका एक हजार ५०० केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने ५०÷६० वटा भाँडासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
साथै अवैध मदिरा बनाउने बद्री यादवलाई प्रहरीले पक्राउ गरेकोे छ । यस्तै राजविराज नगरपालिका–९ स्थित मदिरा उत्पादन गर्ने कपिल भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 162