Aamsanchar

नाबालिका बलात्कार गर्ने पुजारी पक्राउ

Author Image
शनिवार, असार ११, २०७३

balatkar

 

पर्सा ।

नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । पुजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट देखिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बीस किलो चरेस पक्राउ

वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले आज २० किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट भित्र्याइएको चरेस घ्युको ग्यालेनमा लुकाइ भारततर्फ लैजाने क्रममा प्रहरीले तीन जना युवकसहित उक्त परिमाणको लागुऔषध नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका– २ छपकैया निवासी जावेद आलम, वडा नं ३ निवासी राजा अन्सारी र मकवानपुर हेटाँैडा– ८ निवासी सुमन लामा रहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरबाट खरिद गरिएको चरेस रक्सौलतर्फ लैजान लागेको पूर्व सूचनाका आधारमा तीनै जनालाई पक्राउ गरिएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर