Aamsanchar

केन्द्रीय सदस्य तथा मेची संयोजकमा झापाका ध्रुव

Author Image
शनिवार, असार ११, २०७३

dhruba upreti

काठमाडौँ  ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजकमा झापाका ध्रुव उप्रेती सर्वसम्म्त चयन भएका छन् ।काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महाधिवेशनले उप्रेतीलाई चयन गरेको संगठन झापाका नेता कुशल आचार्यले जानकारी दिए ।
उप्रेती संगठनका झापा जिल्ला अध्यक्ष समेत हुन् ।

यसैवीच  राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको तेस्रो महाधिवेशनले सङ्गठनका अध्यक्षमा प्रकाश रिमाललाई पुनःनिर्वाचित गरेको छ ।
बिहीबारदेखि चलेको महाधिवेशनले रिमालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । चार वर्षको कार्यकाल रहने उक्त कार्यसमितिले ४५ सदस्य मनोनयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष रिमालले मुलुकमा रहेका युवाको समस्यालाई उठाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको सैद्धान्तिक मान्यतालाई युवाबीच लैजाने र सङ्गठन सुदृढीकरणमा भूमिका निर्वाह गर्ने बताउनुभयो । महाधिवेशनले युवा जनशक्तिलाई विदेश जानबाट रोक्नका लागि मुलुकमा उद्योगधन्दा खोल्न सरकारसँग माग गरिएको छ ।

धर्म परिवर्तन गराउने प्रेरित गर्ने संस्थालाई खोजी गरी दर्ता खारेज गर्न सरकारलाई बैठकले आग्रह गरेको छ । हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति भन्ने मान्यतालाई स्थापित गर्न विद्यालयदेखि नै अनिवार्य संस्कृत र नैतिक शिक्षाको अध्ययन तथा अध्यापन गराउन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर