Aamsanchar

झापामा एकबर्षमा १५ को हत्या

Author Image
शनिवार, असार ११, २०७३

सुरुङ्गा (झापा) ।

झापामा एक वर्षभित्र १५ जनाको हत्या भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो उल्लेख गरिएको छ । विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको छ महिनामा मात्रै झापामा छ जनाको हत्या भएको छ भने १२ वटा बलात्कारका घटना भएको उल्लेख छ । इन्सेकको प्रतिवेदनमा एउटा अपहरणको घटना भएको जनाइएको छ ।

बलात्कारका घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठवटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् । यस अवधिमा एक बालक, दुई महिला र तीन पुरुषको हत्या भएको छ ।

अधिकांश घटना यौनसँग सम्बन्धित रहेको समेत इन्सेकका प्रतिनिधि अर्जुन बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर