Aamsanchar

पुनःनिर्माणका लागि दलबीच एकताको खाँचो

Author Image
आइतवार, असार १२, २०७३

काठमाडौ।

indexv

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।

ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले देशले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अब पुनःनिर्माण थालेर देशलाई विकासको बाटोमा अगाडि लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले पुनःनिर्माणका लागि सरकारले दिने भनिएको रकम समयमै भूकम्पपीडित जनताको दैलोदैलो पु¥याउने स्पष्ट पार्नुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पुनःनिर्माण अभियानमा सरकारले ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा विष्णु भण्डारीले महिला र विपन्न परिवारका लागि प्राधिकरणले विशेष कार्यक्रम ल्याएको बताउनुभयो । संस्थाकी अध्यक्ष सिर्जना अधिकारी, नेपाल बार एसोसियनसका उपाध्यक्ष मोती गौतमलगायतले संविधान निर्माणमा दलहरुबीचको एकता खाँचो भएजस्तै पुनःनिर्माणमा पनि दलहरुबीच एकताको खाँचो रहेको औँल्याउनुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भूकम्पप्रभावित जिल्लाका महिला र बालबालिकामा भूकम्पले पारेको असरका साथै पुनःनिर्माणका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर