Aamsanchar

बिर्तामोडमा यसरी गयो दुई युवकको ज्यान

Author Image
सोमवार, असार १३, २०७३

बिर्तामोड ।
झापाको बिर्तामोड–१ रामचोकमा आइतबार सााझ भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी रहेका छन् । उनीहरु मध्ये आचार्यको राति नै र गिरीको सोमबार बिहान बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रामचोक सडकखण्डमा पश्चिमतर्फ आइरहेको को.९.प ६८४९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आइरहेको साइकललाई ठक्कर दिादा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट गइरहेको मे.१.ख. १९०६ नम्बरको बसमा ठोक्किएको थियो ।
सो क्रममा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भई हस्पिटल पुऱ्याइएको थियो ।
साइकल चालक फरार भएको, बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर