Aamsanchar

मदन भण्डारीको ६५औं जन्मजयन्ती मनाईदै

Author Image
मङ्गलवार, असार १४, २०७३

झापा ।indexm

कम्युनिष्ट नेता मदन भण्डारीको ६५औ जन्मजयन्तीका अवसरमा एमालेले राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

एमालेका तत्कालिन महासचिव भण्डारीको जन्मदिनको सम्झनामा राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजले  बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुनुभएको छ ।

यस्तै मदन भण्डारी फाउण्डेशनले पनि आज दिउसो १ बजे कार्यक्रम गरी भण्डारीको स्मरण गर्दैछ । एमाले पार्टीमा  जनताको बहुदलीय जनबाद जबज सिद्धान्तका प्रबद्र्धक भण्डारीको वि.सं २००९ आषाढ १४ गते ताप्लेजुङमा जन्म भएको थियो ।

तत्कालिन समयमा नेपाल कम्युनिष्ट पार्टी मार्कसवादी–लेनिनवादी र मनमोहन अधिकारीको नेतृत्वमा रहेको  नेपाल कम्युनिष्ट पार्टी मार्कसवादीलाई एकीकरण गरी नेकपा एमाले पार्टी गठनमा भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका प्रखर नेता भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गमा भएको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर