Aamsanchar

दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भवन

Author Image
मङ्गलवार, असार १४, २०७३

पाँचथर ।images

गोर्खा वेलफेयर स्किमले पाँचथरको फिदिम–४ स्थित गढीमा दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको छ ।

 

२०६७ साल असोज २ गते गएको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि गोर्खा वेलफेयर स्किमले सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको हो ।

 

वेलफेयरको ८८ लाख ८८ हजार ७२ रुपैयाँ सहयोग तथा स्थानीयको १० प्रतिशत जनश्रमदानमा ८ कोठे सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको गोर्खा वेलफेयर फिदिमका प्रमुख शुभराज थाम्सुहाङले जानकारी दिए । वेलफेयरले नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरणसमेत गरेको छ ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर