[केशव आचार्य]
अघाइन
प्रकृतिको छटा देखेर, कहिल्यै अघाइन।
गजल कबिता लेखेर, कहिल्यै अघाइन।
लेखी सकेर फेरि पड्दा, यो मनले नमाने,
भर्खर लेखेको मेटेर कहिल्यै अघाइन।
सङ्गीत बन्ला या नबन्ला,पिर छैन मलाई,
यो मनको तार रेटेर कहिल्यै अघाइन।
लड्दै उठ्दै गर्दैछु जहाँ, म अहिले सम्म नै,
यो धर्तीको बाटो टेकेर कहिल्यै अघाइन।
भेटेर छुट्यो फेरि पनि, भेटू लागि रहन्छ,
खै हौ! तिमीलाई भेटेर कहिल्यै अघाइन।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 341