Aamsanchar

बाबुरामलाई टक्कर दिँदै अर्का भट्टराईले गरे नयाँ शक्तिको अध्यक्षमा उम्मेदवारी घोषणा

Author Image
बुधवार, असार १५, २०७३

भक्तपुर ।indexb

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गर्नुभएको छ ।

आज भक्तपुरमा उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गर्नुभएको हो ।

नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा गर्दै भन्नुभयो– “पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा (ख) मा व्यवस्था भएबमोजिम नयाँ शक्ति नेपालको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।”

आजैदेखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै उहाँले एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताउनुभयोे ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सहसंयोजकसहित प्रदेश संयोजक समेत बनाएर कार्यविभाजन गर्दा पनि निर्मल भट्टराईलाई ठाउँ नदिएको भोलिपल्टै उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर