Aamsanchar

यौनकर्मी महिला नियन्त्रणमा

Author Image
बिहिवार, असार १६, २०७३

कञ्चनपुर  ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० का महिलाले आज एक यौनकर्मी महिलालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

चालीस वर्षिया ती महिलाको अवैध यौन क्रियाकलापका कारण समाजको वातावरण बिग्रिएको भन्दै स्थानीय महिलाले नियन्त्रणमा लिई इप्रका झलारीमा बुझाएका प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो । सोही ठाउँमा डेरा गरेर बस्दै आएकी उक्त महिलाले डेरामै यौनजन्य गतिविधि गर्न थालेपछि प्रहरीसमक्ष बुझाइएको स्थानीय महिलाले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर