Aamsanchar

पत्रकारिता पेसा अत्यन्त जिम्मेवारीपूर्ण छ–राष्ट्रपति

Author Image
बिहिवार, असार १६, २०७३

काठमाडौँ  ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसा जनतालाई सुसूचित गर्नाका साथै अत्यन्त जिम्मेवारीपूर्ण पेसा भएकाले पत्रकारले यसलाई संवेदनशील रुपमा लिनुपर्ने बताउनुभएकोे छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), काठमाडौँका पदाधिकारी एवम् हालै सो शाखाले सम्मान गरेका पत्रकारहरुसँगको भेटका क्रममा उहाँले पत्रकारिता क्षेत्रले समाजलाई अगाडि बढाउन अग्रणी भूमिका खेल्न सक्ने विचार व्यक्त गर्दै पत्रकारहरुको यो आफ्नो व्यावसायिक धर्म पनि हो भन्नुभयो ।

सो अवसरमा उहाँले सम्मानित व्यक्तित्व राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दु तुलाधर, रेडियो नेपालका ध्रुव मधिकमी र रमिता लामा तथा पत्रकार रुवि श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा उहाँलाई फोनिज, काठमाडौँका अध्यक्ष मीरा अमात्य (राजभण्डारी)ले अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर