ललितपुर,
ललितपुरको टौंखेलमा प्लटिङका लागि निर्माण गरिएको पर्खाल भत्किएर पुरिएकामध्ये दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
पुष्पाञ्जली सेकेण्डरी बोर्डिङ स्कूलमा अध्ययनरत ९ बर्षीया कृपा राई र १० बर्षीया अञ्जना पुन मगरको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार अन्य २० जनाको उपचार भइरहेको छ । विद्यालय भवनमाथि प्लटिङका लागि हालै निर्माण गरिएको पर्खाल भत्किएर कक्षा कोठामा खसेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 157