Aamsanchar

बिर्तामोडमा जेसीज सप्ताह शुरु

Author Image
शुक्रवार, असार १७, २०७३

jc b

बिर्तामोड ।
वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा शुक्रबारबाट बिर्तामोडमा जेसीज सप्ताह शुरु भएको छ ।
सप्ताहअन्तर्गत उद्घाटन तथा रक्तदान शुक्रबार दुर्गा मन्दिर परिसरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले पानसमा दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गरे । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी र बिर्ता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा समारोहकी संयोजक मीरा ओलीले स्वागत र किरण थापाले आस्था वाचन गरेका थिए ।
सप्ताहकी मूल संयोजक पार्वता विमलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा शारदा रिजाल, राधा सुब्बा ,सुरेश बंशल, बलराम कार्की, ओमकृष्ण विमली,सार्दुल ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव नम्रता ढकालले गरेकी थिइन् ।
जेसीज सप्ताह अन्तर्गत १८ गते बिर्तामोडस्थित परोपकार वृद्धाश्रममा सहयोग हस्तान्तरण गरिने र व्यक्तित्व विकास तालिम सञ्चालन गरिने वीरता जेसीजका कोषध्यक्ष एकराज गिरीले बताए । उक्त कार्यक्रमका लागि भगवती खरेल र दिवाकर प्रसाईंलाई संयोजक तोकिएको छ ।
१९ गते हवी स्वीमिङ कम्प्लेक्स बिर्तामोडमा स्वीमिङ प्रतियोगिता गरिने सप्ताहका मूल संयोजक भक्तराज भारतीले बताए । उक्त प्रतियोगिताका लागि संयोजकमा हिमा पौडेल र रमेश चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै २० गते फुटस्टल बिर्तामोडमा फुटबल प्रतियोगिता गरिने तथा सो कार्यक्रम लागि अनिता पुरी र मिकी कार्कीलाई संयोजक तोकिएको छ ।
२१ गते साइकल र्‍याली, समापन तथा पुरस्कार वितरण गरिने छ । र्‍याली बिर्तामोड अतिथिसदनदेखि चारपाने हुादै बिर्तामोडमै आएर समापन हुने बताइएको छ । उक्त कार्यक्रमको संयोजकमा नैनकला भट्टराई र जीवन खड्कालाई तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर