Aamsanchar

फेसबुकमा ४४ भाषामा पोस्ट् गर्ने सुविधा

Author Image
आइतवार, असार १९, २०७३

एजेन्सी:facebook-inc-news-feed-e1450955486392

विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ। उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो।

फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ।

सामाजिक सञ्जालमा आवद्ध रहेका करौडौं प्रयोगकर्ताहरुले छिटो, छरितो र भरपर्दो तरिकाले आफूले चाहेको समयमा चाहेको ४४ भाषामा उल्था गरेर पोस्ट गर्न गर्न सक्ने दाबी गरेको छ।

यसअघि उसले गत फेब्रुअरी महिनादेखि यो फिचरलाई प्रयोगकर्तामाझ परीक्षण गरेको थियो। उक्त परीक्षण सफल हुनासाथ उसले यो फिचर ल्याउन लागेको हो।

अब फेसबुकले प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरु धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन्। फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन्।

यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन्। यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन्।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर