Aamsanchar

किसान अव उद्योगी

Author Image
आइतवार, असार १९, २०७३

प्रतिष्ठा कृषि फारमले झापाको बाहुन्डागी–२ मा सञ्चालनमा ल्याउन लागेको अर्गानिक हरियो चिया प्रशोधन केन्द्रको बारेमा जानकारी गराउदै संचालक टिम, क्रमस कम्पनीका मेनेजर कुन्दन निरौला, संचालक प्रसाद पाण्डे, चिया प्राविधिक जगमेन्दूरजित सिंह, डाईरेक्टर प्रतिक्षा पाण्डे । प्रालीले ४० विघा क्षेत्रफलमा अर्गानिक चिया खेती गर्दै आएको छ । निजी लगानीमा सञ्चालनमा ल्याउन लागिएको  चिया प्रशोधन केन्द्रमा हालसम्म १ करोड ४२ लाख लगानी भई सकेको सञ्चालक पाण्डेले जनाएका छन । प्रशोधन केन्द्रले २४ घण्टामा १ हजार किलो अर्गानिक गृन टी उत्पादन गर्नसक्ने प्राविधिक सिंहले बताए । हाल नेपालमा उत्पादित अर्गानिक चिया विश्व बजारमा माग बढदो छ ।

00

 

000

Views: 447

प्रतिक्रिया (०)

सम्बन्धित खबर