Aamsanchar

संविधान कार्यान्वयनमा सहमति माग

Author Image
आइतवार, असार १९, २०७३

काठमाडौँ ।images

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना बितिसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गर्दै उहाँहरुले देशका विभिन्न भागमा परेको अविरल वर्षात्का कारण उत्पन्न बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सांसद तेजुलाल चौधरी, प्रकाशचन्द्र पौडेल, दीर्घराज मगर, दिलशोभा पुन, निशाकुमारी साह, पार्वती डिसी चौधरी, प्यारेलाल राना र प्रेम सुवाल हुनुहुन्थ्यो ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर