Aamsanchar

राजाको मस्तिष्कबाट पानी निकालियो

Author Image
सोमवार, असार २०, २०७३

बैंकक (थाइल्यान्ड)।

थाइल्यान्डका वयोवृद्ध राजा भूमिबोल अदुल्यादेजको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी निकालिएको थाइ दरबार स्रोतले आइतबार बताएको छ ।

भूमिबोलको मस्तिष्कमा पानी जम्मा भएपछि उहाँको स्वास्थ्यस्थितिप्रति सार्वजनिक वृतमा विशेष चासोका साथ चर्चा भएको थियो ।

अठासी वर्षीय राजा बुढ्यौली र रोगका कारण पछिल्लो समय ह्वीलचियरको सहयोगमा हिँड्ने गर्नुहुन्छ । पछिल्लो समयमा उहाँको स्वास्थ्यस्थितिप्रति सार्वजनिक रुपमा चासो व्यक्त गर्न थालिएपछि दरबारले उहाँको स्वास्थ्य स्थितिबारे पछिल्ला महिनामा नियमित जानकारी दिन थालेको हो ।

उहाँले करिब सात दशकदेखि थाइल्यान्डका राजाका रुपमा शासन गर्दै आउनुभएको छ ।

वर्तमान समयमा धेरैजसो थाई नागरिकलाई भूमिबोल बाहेक अन्य राजाका बारेमा थाहा नभएको बताइन्छ ।

थाई नरेशले पछिल्ला दुई वर्षका धेरैजसो दिन बैंककस्थित अस्पतालमा बिताउनुभएको छ ।

उहाँ ब्याक्टेरियाको सङ्क्रमण कारण श्वासप्रश्वास, मुटु र मस्तिष्कमा पानी जम्ने समस्या भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित रुपमा उपचार गराइरहनुभएको छ ।

उहाँको जुन ३० मा लिएको टाउकोको एक्सरेमा मस्तिष्कमा पानी जमेको भेटिएपछि शनिबार पाइपको सहयोगमा पानीलाई बाहिर निकालिएको हो । रासस÷एएफपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर