Aamsanchar

बिर्तामोडमा पहिलो पटक फुट सल

Author Image
सोमवार, असार २०, २०७३

footsalf

बिर्तामोड ।

वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा सोमवारबाट बिर्तामोडमा प्रथमपटक ‘फुट सल’ खुला प्रतियोगिता शुरु भएको छ ।
जेसीज सप्ताह अन्तर्गत सोमवार फुट सल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले गरे । उनले खेलकुदको माध्यमबाट समाज परिवर्तन गर्न सकिने भन्दै बिर्तामोडमा फुटसल जस्तो नयाा खेलको शुरुवात गरेकोमा जेसीजलाई धन्यवाद दिए । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी र वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरी र आस्था वाचन कार्यक्रम संयोजक मिकी कार्कीले गरेका थिए ।
प्रतियोगिता अघि पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुट सल भएको थियो । उक्त मैत्रीपूर्ण प्रतियोगितामा ३का विरुद्ध ५ गोल गर्दै पत्रकारको टिम विजयी भयो । विजयी टिमका तर्फबाट प्रदीप परियारले ३ गोल, दिपेन लावती १ गोल र निश्चल आचार्यले १ गोल गरेका थिए ।
प्रतियोगितामा ९ वटा टिमले भाग लिएका छन् । सहभागी टिमहरुमा वीरता जेसीज, अर्जुनधारा जेसीज, स्वामी टिम, विहानी टिम, औषधि व्यवसायीको टिम, फिटनेश बल्र्ड, झापा उद्योग बाणिज्य संघ, बिर्तामोड भेट्रान र मारवाडी युवा मञ्च रहेका छन् ।
२२ गते फुटसल प्रतियोगिताको फाइनल तथा सप्ताह समापन हुने बताइएको छ । फुटसल उद्घाटन समारोहमा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष विनोद बस्नेत, बेदेशिक रोजगार संघका अध्यक्ष भानुप्रसाद शिवाकोटी, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा, भूपेन्द्र लिङ्देन, गोपाल बजगाई लगायतको आतिथ्य रहेको वीरता लेडी जेसीजकी कार्यक्रम संयोजक अनिता पुरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर