Aamsanchar

छत्तिस क्विन्टल सुपारी बरामद

Author Image
सोमवार, असार २०, २०७३

भीमदत्तनगर।

भारत लैजाँदै गरिएको ३६ क्विन्टल अवैध सुपारी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार मध्यराति बेलौरी नगरपालिका–२ मा भारत लग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले सुपारी नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो । उहाँले बेलौरी प्रहरीले सुपारी नियन्त्रणमा लिएको बताउँदै थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय झलारी र त्रिभुवन बस्तीको टोली समेत बेलौरी पुगेको जानकारी दिनुभयो ।

सो सुपारी लामो समयदेखि बेलौरीमा बसेर व्यापार गर्दै आएका भारतीय मूलका व्यापारी जगजित सिंह (भाटिया)को रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । सुपारी बरामद भएपछि सिंह फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता खनालले सुपारी जिल्ला प्रहरी कार्यालय पु¥याएपछि कञ्चनपुर भन्सार कार्यालयलाई बुझाइने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर